Sandhurst Town Council को AGM मा स्यान्डहर्स्ट नेपाली कम्युनिटीको सहभागिता ।
स्यान्डहर्स्ट, यूके — १० अप्रिल २०२५
Sandhurst Town Council द्वारा आयोजित वार्षिक साधारणसभा (Annual General Meeting – AGM) मा स्यान्डहर्स्ट नेपाली कम्युनिटी (Sandhurst Nepali Community) को सहभागिता रहेको छ। सभामा काउन्सिलअन्तर्गतका विभिन्न विभाग तथा प्रतिनिधिहरूले आ–आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त अवसरमा स्यान्डहर्स्ट नेपाली कम्युनिटीले संस्थाका पूर्व अध्यक्ष श्री नेत्र थापा बराल ज्यूको कार्यकालमा प्रदान गरिएको अनुदानप्रति कृतज्ञता व्यक्त गरेको थियो। उक्त अनुदान रकम ज्येष्ठ नागरिकहरूलाई लक्षित सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालनमा प्रयोग गरिने जानकारी काउन्सिलसमक्ष गराइएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने Mayor Councillor श्री पार्म पनेसर ज्यू, कार्यकारी अधिकृत श्रीमती एन्जिला ज्यू तथा उहाँअन्तर्गतका सम्पूर्ण विभागहरूप्रति स्यान्डहर्स्ट नेपाली कम्युनिटीले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यस सहभागिताले स्थानीय काउन्सिल र नेपाली समुदायबीचको सहकार्य, आपसी समझदारी र सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।



