स्यान्डहर्स्ट नेपाली कम्युनिटीले पाँचथर कप २०२५ को सुपर भेट्रन उपाधि जित्न सफल ।
स्यान्डहर्स्ट नेपाली कम्युनिटी (SNC) ले पाँचथर कप २०२५ अन्तर्गत आयोजित सुपर भेट्रन प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ। नेपालमा आयोजना गरिएको उक्त प्रतियोगितामा स्यान्डहर्स्ट नेपाली कम्युनिटीको तर्फबाट खेलकुद सचिव श्री विशाल राई ज्यूको नेतृत्व तथा उपाध्यक्ष श्रीमती कौशिला थापा ज्यूको सक्रिय समन्वयमा सहभागिता जनाइएको थियो।

यस ऐतिहासिक सफलताले स्यान्डहर्स्ट नेपाली कम्युनिटीको गरिमा र पहिचानलाई थप उचाइमा पुर्याएको संस्थाले जनाएको छ। प्रतियोगितामा सहभागिता तथा व्यवस्थापनका लागि संस्थाका सदस्यहरू तथा शुभेच्छुकहरूले नगद प्रायोजनमार्फत पुर्याउनु भएको सहयोगप्रति संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

आगामी दिनहरूमा पनि यस्ता खेलकुद तथा सामुदायिक गतिविधिहरू निरन्तर आयोजना हुने अपेक्षा गरिएको छ। यस क्रममा यसपटक सहयोग गर्न छुट्नु भएका तथा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूबाट नैतिक, आर्थिक तथा भौतिक सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर उन्नति र प्रगतिको कामना गरिएको छ।
स्यान्डहर्स्ट नेपाली समुदाय (SNC) फुटबल टोली – स्यान्डहर्स्ट एफसीलाई हार्दिक शुभकामना ।
स्यान्डहर्स्ट नेपाली समुदाय (SNC) को प्रतिनिधि फुटबल टोली स्यान्डहर्स्ट एफसी लाई आगामी खेलकुद यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ।

यस खेलकुद कार्यक्रमलाई सफल बनाउन खेलकुद सचिव श्री विशाल राई ज्यू, उपाध्यक्ष श्रीमती सीला मगरनी ज्यू तथा सम्पूर्ण उदार स्वयंसेवक प्रायोजकहरूको महत्वपूर्ण योगदान रहेको संस्थाले जनाएको छ। उहाँहरूको समर्पण, टोली कार्य र निरन्तर सहयोगकै कारण SNC प्रतिनिधि टोलीले उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको बताइएको छ।

संस्थाले खेलकुदमार्फत समुदायमा एकता, स्वास्थ्य र सकारात्मक सोच प्रवर्द्धन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनु हुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।



