Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

ब्र्याक्नेल फरेस्ट बरो काउन्सिलद्वारा आयोजित VE Day कार्यक्रममा स्यान्डहर्स्ट नेपाली कम्युनिटी यूकेको सहभागिता

ब्र्याक्नेल फरेस्ट बरो काउन्सिलद्वारा आयोजित VE Day कार्यक्रममा स्यान्डहर्स्ट नेपाली कम्युनिटी यूकेको सहभागिता

स्यान्डहर्स्ट नेपाली कम्युनिटी यूकेले ब्र्याक्नेल फरेस्ट बरो काउन्सिलद्वारा आयोजित वार्षिक VE Day कार्यक्रममा सक्रिय सहभागिता जनाएको छ।

उक्त कार्यक्रममा संस्थाका सह–सचिव श्री भविन्द्र राई ज्यूको संयोजकत्वमा कार्यसमितिका अन्य सदस्य ज्यूहरूको सहभागितामा नेपाली समुदायको तर्फबाट प्रतिनिधित्व गरिएको थियो।

कार्यक्रमका क्रममा समावेशिता, सामाजिक सद्भाव तथा बहुसांस्कृतिक सहकार्यको सन्देश प्रवाह गर्दै नेपाली समुदायको सकारात्मक र जिम्मेवार उपस्थिति प्रस्तुत गरिएको संस्थाले जनाएको छ। यस सहभागिताले स्थानीय समुदायसँग नेपाली समुदायको सम्बन्ध अझ सुदृढ बनाउन योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.