Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

स्यान्डहर्स्ट नेपाली कम्युनिटी यूकेको Cultural & Community Day मा निरन्तर सहभागिता ।

ब्र्याक्नेल, यूके — स्यान्डहर्स्ट नेपाली कम्युनिटी यूकेले ब्र्याक्नेल फरेस्ट बरो काउन्सिलद्वारा आयोजना गरिने वार्षिक Cultural & Community Day कार्यक्रममा निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ। उक्त सहभागिता संस्थाका आदरणीय अध्यक्ष श्री जुरेन्द्र लिम्बु ज्यूको आवाहनमा कार्यसमितिका प्रतिनिधिहरूको नेतृत्वमा सम्पन्न भएको हो।

सन् २०२४ मा संस्थाका सल्लाहकार श्री नेत्रबहादुर बराल थापा ज्यू तथा महिला प्रतिनिधि श्रीमती रिता देवी राई खजुम ज्यूको अग्रसरतामा नेपाली समुदायको बृहत् सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली मौलिक तथा विभिन्न जातीय भेषभूषासहित सहभागिता जनाउँदै नेपाली संस्कृति र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।

त्यसैगरी, सन् २०२५ मा संस्थाका कोषाध्यक्ष श्री नवराज राई ज्यूको नेतृत्वमा अन्य कार्यसमिति सदस्यहरूले कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। उक्त अवसरमा नेपाली समुदायको तर्फबाट संस्कृति, पहिचान र सामुदायिक एकता झल्किने विविध गतिविधि तथा प्रस्तुति प्रस्तुत गरिएका थिए।

कार्यक्रममा प्रस्तुत गरिएका नेपाली सांस्कृतिक गतिविधिहरूले सहभागी अन्य समुदायहरूबाट सकारात्मक प्रतिक्रिया र प्रशंसा प्राप्त गरेको आयोजकले जनाएको छ। यस सहभागिताले नेपाली समुदायको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्नुका साथै बहुसांस्कृतिक सद्भाव र आपसी समझदारी अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.