Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

स्याण्डहस्ट नेपाली कम्युनिटीद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्याण्डहस्ट, २९ मार्च २०२५
स्याण्डहस्ट नेपाली कम्युनिटीले स्थानीय Sandhurst Town Council सँग सहकार्य गर्दै नियमित रूपमा सञ्चालन गर्दै आएको सरसफाइ कार्यक्रम मिति २९ मार्च २०२५ का दिन सफलतापूर्वक सम्पन्न गरेको छ।

स्थानीय सँस्था स्थापना भएयता स्याण्डहस्ट नेपाली कम्युनिटीले भौतिक तथा नैतिक सहयोगमार्फत स्याण्डहस्ट क्षेत्रको सरसफाइ तथा सामुदायिक विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ। सोही निरन्तरताअन्तर्गत आयोजित यस कार्यक्रम स्याण्डहस्ट क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सम्पन्न गरिएको हो।

कार्यक्रम स्याण्डहस्ट नेपाली कम्युनिटीका संरक्षक श्री नरेन्द्र आङदेम्बे, उपाध्यक्ष श्री सुरेन्द्र गुरुङ तथा सचिव श्री आदर्श थापाको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कम्युनिटीका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विशेषगरी यस अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका स्याण्डहस्ट नेपाली कम्युनिटीका वृद्ध समूहका नेतृत्वकर्ता श्री ओम थापा तथा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी र छोराछोरीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाएको कम्युनिटीले जनाएको छ।

स्याण्डहस्ट नेपाली कम्युनिटीका अध्यक्ष श्री जुरेन्द्र खजुम लिम्बुले सरसफाइ कार्यक्रममा योगदान पुर्‍याउने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा सामुदायिक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.