Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

स्यान्डरस्ट नेपाली कम्युनिटी यूकेको समर वार्षिक भेटघाट कार्यक्रम सम्पन्न ।

स्यान्डरस्ट नेपाली कम्युनिटी यूकेको समर वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

स्यान्डरस्ट नेपाली कम्युनिटी यूकेको आयोजनामा मिति १४ सेप्टेम्बर २०२५ का दिन समर वार्षिक भेटघाट कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम आदरणीय अध्यक्ष श्री जुरेन्द्र लिम्बुज्यूको नेतृत्वमा सम्पन्न भएको हो।

स्यान्डरस्टवासी दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा आकर्षक सजावट, व्यवस्थित खानपान तथा विविध मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिएको थियो। नेपालका चर्चित कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप भव्य र अविस्मरणीय बनाएको थियो।

कार्यक्रम सफल बनाउन कार्यसमिति सदस्यहरू, स्वयंसेवकहरू तथा सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमको अवसरमा स्यान्डरस्ट नेपाली समुदायमा विशेष योगदान पुर्‍याउनुहुने तीन जना सदस्यहरूलाई विशेष सम्मान गरिएको थियो। साथै, नेपालबाट सांगीतिक यात्रामा रहनु भएका गायकद्वय श्री धनबहादुर लिम्बुज्यू र श्री राजेश बर्देवाज्यूको आकर्षक प्रस्तुतीसँगै उहाँहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो।

आयोजक संस्थाले आगामी वर्षहरूमा पनि यस्ता सामुदायिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.