Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

स्यान्डहर्स्ट नेपाली समुदायको दीपावली कार्यक्रम भव्य रूपमा सम्पन्न ।

स्यान्डहर्स्ट नेपाली समुदायको दीपावली कार्यक्रम भव्य रूपमा सम्पन्न ।

स्यान्डहर्स्ट, २०२५ — स्यान्डहर्स्ट नेपाली कम्युनिटी (Sandhurst Nepali Community) द्वारा आयोजित वार्षिक दीपावली विशेष कार्यक्रम “पारिवारिक मनोरञ्जन रमाइलो जुवा कार्यक्रम–२०२५” सभ्य र भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनसम्म चलेको उक्त कार्यक्रममा नेपाली संस्कृति, आपसी सद्भाव र पारिवारिक मनोरञ्जनको सुन्दर संगम देखिएको थियो।

कार्यक्रम आयोजना गर्नु सहज नभए पनि कार्यसमिति, स्वयंसेवक तथा सदस्यहरूको समर्पण र सहकार्यका कारण कार्यक्रम सफल भएको आयोजक संस्थाले जनाएको छ। विशेष गरी आ–आफ्नो पारिवारिक समयलाई संस्थाप्रति समर्पित गर्दै खटिनु हुने सम्पूर्ण कार्यसमिति पदाधिकारीहरूलाई संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यस वर्षको कार्यक्रम संयोजन संस्थाको मनोरञ्जन विभागका सचिव श्री विवेक मेचे ज्यूले गर्नुभएको थियो। उहाँले संयोजकको जिम्मेवारीसँगै संस्थाको सचिवको कर्तव्य पनि कुशलतापूर्वक निर्वाह गर्नुभएको भन्दै विशेष धन्यवाद दिइएको छ। साथै, 7 Volunteers Organisers Core Team को उल्लेखनीय योगदानप्रति संस्थाले कृतज्ञता प्रकट गरेको छ।

कार्यक्रम व्यवस्थापन तथा सजावटमा अग्रपंक्तिमा रही सहयोग पुर्‍याउनु हुने सदस्यहरू मिलन राई, लालबहादुर चेम्जोङ, भिम लिम्बु र राजकुमार मेन्याङबो ज्यूहरूलाई विशेष धन्यवाद दिइएको छ। त्यसैगरी, टेबल तथा अन्य सामग्री व्यवस्थापनमा उपाध्यक्ष सूर्य गुरुङ र सुबास राई ज्यूहरूको भूमिका महत्वपूर्ण रहेको थियो।

खानाको व्यवस्थापनतर्फ पहिलो दिन उपाध्यक्ष कौशिला थापा ज्यू र दोस्रो दिन श्रीमतीद्वय इन्दु घले गुरुङ र रिता देवी राई खजुम ज्यूले जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँहरूलाई सहयोग गर्नु हुने श्रीमती पुष्प थापा, करुणा राई तथा कविता मेचे ज्यूहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको छ। पेय पदार्थ व्यवस्थापनमा संखर गुरुङ ज्यूको योगदान सराहनीय रहेको बताइएको छ।

आर्थिक सङ्कलन तथा व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष श्री नवराज राई र सह–कोषाध्यक्ष श्री सल गुरुङ ज्यूले सफलतापूर्वक निर्वाह गर्नुभएको संस्थाले जनाएको छ।

दीपावली तथा देउसी कार्यक्रममार्फत संकलित कुल रकम £2647.00 रहेको छ। यसअन्तर्गत देउसी–भैलो, खानाबाट प्राप्त सहयोग, स्वयंसेवक टोलीको योगदान तथा कार्यक्रम देउसीबाट आर्थिक संकलन गरिएको थियो।

कार्यक्रमलाई थप मजबुत बनाउन देउसीमा आर्थिक सहयोग गर्नु हुने मनका धनी दाताहरू, संस्थाका सदस्यहरू तथा विशिष्ट महानुभावहरूलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, संस्थाको हितमा आर्थिक, नैतिक तथा भौतिक सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना गरिएको छ।

अन्त्यमा, “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने” भन्ने भावनासहित समुदायमा एकता, सहकार्य र सद्भाव कायम रहोस् भन्ने कामना गर्दै सम्पूर्ण स्यान्डहर्स्टवासी नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरिएको छ। यस अवसरमा दशैँ तथा दीपावलीको शुभकामना पनि आदान–प्रदान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.