Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

नेपाली समुदायका लागि स्वास्थ्य सन्ध्या कार्यक्रम ।

ब्र्याकनेल/स्यान्डहर्स्टमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

ब्र्याकनेल/स्यान्डहर्स्ट, ४ नोभेम्बर २०२५ — Bracknell Forest Public Health Team द्वारा ब्र्याकनेल/स्यान्डहर्स्टमा आयोजित स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा डा. घले र नर्स सालिनाले मधुमेह तथा उच्च रक्तचापसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो।

कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी ज्येष्ठ नागरिकहरूको सक्रिय उपस्थिति र चासो प्रशंसनीय देखिएको थियो। सहभागीहरूले स्वास्थ्यसम्बन्धी विविध प्रश्न तथा जिज्ञासाहरू राख्दै अन्तरक्रियात्मक छलफलमा सहभागी भएकाले कार्यक्रम अझ प्रभावकारी बनेको आयोजकले जनाएका छन्।

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनु हुने सम्पूर्ण सहभागीहरूलाई धन्यवाद व्यक्त गरिएको छ। साथै, कार्यक्रम संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका संस्थाका निवर्तमान अध्यक्ष श्री नेत्र बराल थापा ज्यू तथा ज्येष्ठ नागरिक संयोजक श्री ओम थापा ज्यूलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.