Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

मेयरको च्यारिटी कार्यक्रममा स्यान्डहर्स्ट नेपाली समुदायको सक्रिय सहभागिता ।

मेयरको च्यारिटी कार्यक्रममा स्यान्डहर्स्ट नेपाली समुदायको सक्रिय सहभागिता ।

स्यान्डहर्स्ट, यूके — ब्रेन ट्युमर अनुसन्धानको समर्थनार्थ आयोजित मेयरको च्यारिटी कार्यक्रममा स्यान्डहर्स्ट नेपाली समुदाय (Sandhurst Nepali Community – SNC) ले विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्दै सक्रिय सहभागिता जनाएको छ।

उक्त कार्यक्रम स्यान्डहर्स्ट टाउन काउन्सिल तथा बर्कशायरका मेयर एवं ब्र्याक्नेल फरेस्ट बरो काउन्सिल क्षेत्रअन्तर्गतका काउन्सिलर श्री पार्म पानेसर ज्यूको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा स्यान्डहर्स्ट नेपाली समुदायका स्थानीय प्रतिभा श्री शुसान गुरुङ ज्यू तथा श्रीमती शेलिन हेन्डरसन ज्यूद्वारा प्रस्तुत गरिएको सांगीतिक तथा नृत्यात्मक प्रस्तुति दर्शकहरूबाट सकारात्मक प्रशंसा प्राप्त गर्न सफल भएको थियो।

स्यान्डहर्स्ट नेपाली समुदायको तर्फबाट समुदायलाई प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नुभएकोमा मेयर काउन्सिलर श्री पार्म पानेसर ज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, आफ्नो तर्फबाट तथा तत्कालीन/निवर्तमान अध्यक्ष श्री नेत्र बराल थापा ज्यूको तर्फबाट समेत विशेष कृतज्ञता प्रकट गरिएको छ।

कार्यक्रमका क्रममा विभिन्न स्थानीय समुदायका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने अवसर प्राप्त हुनुका साथै कार्यक्रम पूर्ण रूपमा सहभागी भई सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ। यस सहभागिताले सामुदायिक सद्भाव, सहकार्य तथा सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.