स्यान्डहर्स्ट नेपाली कम्युनिटी यूकेको छैटौँ अधिवेशन सम्पन्न ।
स्यान्डहर्स्ट, यूके — २३ फेब्रुअरी २०२५
स्यान्डहर्स्ट नेपाली कम्युनिटी यूकेको वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशन मिति २३ फेब्रुअरी २०२५ का दिन संस्थाको विधानअनुसार विधिवत रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनका क्रममा नेतृत्व चयन प्रक्रिया सम्पन्न हुँदै आदरणीय श्री जुरेन्द्र लिम्बु ज्यू संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। साथै, संस्थाको नव–निर्वाचित कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन भएको जानकारी गराइएको छ।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थाको भावी कार्यदिशा, संगठनात्मक सुदृढीकरण तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू गरेको आयोजकले जनाएको छ।

स्यान्डहर्स्ट नेपाली कम्युनिटी यूके परिवारले अध्यक्ष ज्यू तथा नव–निर्वाचित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको छ।

छैटौँ अधिवेशनले संस्थाको संगठनात्मक संरचनालाई थप मजबुत बनाउनुका साथै आगामी दिनका लागि स्पष्ट मार्गचित्र तय गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ।



