स्याण्डहस्ट नेपाली समुदायको ‘महिला रमाइलो साँझ तथा भेटघाट कार्यक्रम–२०२५’ सम्पन्न ।
स्याण्डहस्ट नेपाली समुदायको आयोजनामा ‘महिला रमाइलो साँझ तथा भेटघाट कार्यक्रम–२०२५ (Ladies Entertainment Night–2025)’ भव्य रूपमा सम्पन्न भएको छ।

केही वर्ष स्थगित रहँदै आएको उक्त कार्यक्रमलाई निरन्तरता दिने निर्णयसहित यस वर्ष पुनः आयोजना गरिएको हो। कार्यक्रम संस्थाका अध्यक्ष श्री जुरेन्द्र खजुम लिम्बुको आवाहनमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।
आयोजक समितिको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनु भएका सम्पूर्ण दिदीबहिनीहरूलाई Sandhurst Nepali Community को तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

कार्यक्रम सफल बनाउन विशेष भूमिका निर्वाह गर्नु हुने संस्थाका सचिव बिबेक मेचे, उपाध्यक्ष सूर्य गुरुङ, समितिका सदस्य श्री राजकुमार राई लगायत सम्पूर्ण सहकार्य सदस्यहरूलाई पनि आयोजकले धन्यवाद ज्ञापन गरेको छ।

संस्थाकी महिला संयोजक श्रीमति सरदा राईको संयोजनमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले स्याण्डहस्ट क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाहरूबीच आपसी चिनजान, सद्भाव र एकतालाई थप सुदृढ बनाएको विश्वास आयोजक समितिले व्यक्त गरेको छ।



