Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

स्याण्डहस्ट नेपाली कम्युनिटीद्वारा सरसफाइ कार्यक्रम आयोजना हुने


स्याण्डहस्ट नेपाली कम्युनिटीद्वारा सरसफाइ कार्यक्रम आयोजना हुने

स्याण्डहस्ट, बेलायत — स्याण्डहस्ट नेपाली कम्युनिटीले स्थानीय Sandhurst Town Council सँग सहकार्य गर्दै समुदायलाई स्वच्छ र सफा राख्ने उद्देश्यले नियमित रूपमा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यसै क्रममा, “National Great British Spring Clean (NGBSC)” अभियान अन्तर्गत मिति १३ मार्चदेखि २९ मार्च २०२६ सम्म सञ्चालन हुने काउन्सिलको आव्हानलाई साथ दिँदै, स्याण्डहस्ट नेपाली कम्युनिटीले २८ मार्च २०२६ का दिन विशेष सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री जुरेन्द्र खजुम तथा कार्यसमितिको नेतृत्वमा सम्पन्न गरिनेछ। समुदायका सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा युवावर्गलाई सक्रिय रूपमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।

कार्यक्रमको विवरण यस प्रकार रहेको छ:

स्थान (Venue): Shepherd Meadows Car Park, Marshall Road, Sandhurst, GU47 0FJ
मिति (Date): २८ मार्च २०२६
समय (Time): दिउँसो २:०० बजे (१४०० घण्टा) देखि

समुदायको सक्रिय सहभागिताले स्याण्डहस्ट क्षेत्रलाई अझ स्वच्छ, सुन्दर र उदाहरणीय बनाउने विश्वास लिइएको छ।

अध्यक्ष श्री जुरेन्द्र खजुम तथा कार्यसमिति
स्याण्डहस्ट नेपाली कम्युनिटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.