Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

स्याण्डर्सट नेपाली कम्युनिटीद्वारा आयोजित नेपाली नयाँ वर्ष २०८३ को कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

मिति: ११ अप्रिल २०२६
स्थान: स्याण्डर्सट, बर्कशायर, इङ्ग्ल्याण्ड, यूके

स्याण्डर्सट नेपाली कम्युनिटीद्वारा आयोजित नेपाली नयाँ वर्ष २०८३ को कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय समुदाय, अतिथि तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्याण्डर्सट टाउन काउन्सिलका मेयर Paul Widdowson को प्रतिनिधित्व गर्दै Executive Officer Ms. Angela Carey प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, विशेष अतिथिहरूमा Sandhurst School का Head Teacher Mr. Gareth Croxon, गैर-आवासीय नेपाली संघ (NRNA UK) का वरिष्ठ उपाध्यक्ष श्री अनिल मल्ल (तिर्थ बहादुर मल्ल), EG Pharmacy का Proprietor Mr. Som Thapa तथा Owlsmoor Primary SchoolCollege Town Primary School का Head Teachers सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा गुरुङ, मगर, राई, लिम्बु र तामाङ समुदायका मौलिक सांस्कृतिक नृत्यहरूले दर्शकहरूलाई मोहित पारेका थिए। साथै नेपाली गीत–संगीत, नृत्य र नयाँ पुस्ताले प्रस्तुत गरेका अंग्रेजी गीतहरूले पनि कार्यक्रमलाई अझ रमाइलो बनाएको थियो।

विशेष रूपमा Gen Z समूह द्वारा प्रस्तुत नेपाली फिल्मी गीत तथा संगीतले युवा पुस्ताको उल्लेखनीय सहभागिता देखाएको थियो। यस समूहको नेतृत्व सुश्री जुबिना खजुमले गर्नुभएको थियो भने अन्य युवाहरूको सक्रिय भूमिकाको प्रशंसा गर्दै संस्थाका अध्यक्ष श्री जुरेन्द्र खजुमले सम्मान प्रदान गर्नुभएको थियो।

कार्यक्रमको समापन सत्रमा संस्थाका तीन जना सदस्यहरूलाई SNC UK Award 2026 प्रदान गरिएको थियो। साथै SNC UK Musical Award 2026 नेपालका चर्चित कलाकार तथा समुदायका सक्रिय सदस्य श्री तारा लक्सामलाई प्रदान गरिएको थियो। यसका अतिरिक्त अन्य कलाकारहरू तथा EG Pharmacy का Proprietor Mr. Som Thapa लाई पनि सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

सांगीतिक कार्यक्रमलाई श्री तारा लक्साम, नेपालबाट आउनुभएकी लोक तथा दोहोरी गायिका सबिना बुढा मगर, तथा स्थानीय कलाकार श्री राम गुरुङको उत्कृष्ट प्रस्तुतिले थप आकर्षक बनाएको थियो।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण सदस्यहरूलाई नेपाली नयाँ वर्ष २०८३ को अवसरमा सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको थियो। साथै संस्थाका अध्यक्षले वर्तमान तथा भावी योजनाहरूको बारेमा जानकारी गराउनुभएको थियो।

औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष श्री जुरेन्द्र खजुमको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव श्री बिबेक मेचेले गर्नुभएको थियो। मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति श्री रोनाल्ड ईवा ज्युले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.