Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

Sandhurst School Painting (रंगरोगन) स्वयंसेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न ।

मिति: १६ मे २०२६

स्याण्डर्सट नेपाली कम्युनिटीको आयोजनामा स्थानीय Sandhurst School मा सम्पन्न Painting (रंगरोगन) स्वयंसेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय, श्रम, सीप तथा सहयोग प्रदान गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सहयोगी मनहरूप्रति स्याण्डर्सट नेपाली कम्युनिटी हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता, एकता र सहयोगका कारण विद्यालयको वातावरणलाई अझ सफा, आकर्षक तथा व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुगेको छ। यस कार्यक्रमले हाम्रो समुदायको सामाजिक उत्तरदायित्व, सहकार्यको भावना र सकारात्मक सोचलाई थप बलियो बनाएको छ।

यस्ता सामुदायिक तथा सामाजिक गतिविधिहरूले स्थानीय समाजसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वासका साथ भविष्यमा पनि सबैको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिनुहुने सम्पूर्ण महानुभावहरूलाई पुनः हार्दिक धन्यवाद।

धन्यवाद।

अध्यक्ष | श्री जुरेन्द्र खजुम लिम्बु
स्याण्डर्सट नेपाली कम्युनिटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.