
Sandhurst Nepali Community UK को तर्फबाट नेपालमा हालै आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
यस दुःखद घडीमा आफ्ना प्रियजन गुमाउनु भएका सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित, घरबारविहीन तथा प्रत्यक्ष रूपमा प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति, ऐक्यबद्धता र दृढ समर्थन व्यक्त गर्दछौँ ।
यस प्राकृतिक विपद्को कठिन परिस्थितिमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा खटिनु भएका नेपाल सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय निकाय, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हामी उच्च सम्मान र कृतज्ञता व्यक्त गर्दछौँ।
दुःखको यस घडीमा हामी नेपाल र नेपाली जनताको साथमा छौँ ।
प्रभावित सबै परिवारले शीघ्र राहत, सुरक्षा र पुनर्स्थापना प्राप्त गर्न सकून् भन्ने हार्दिक कामना गर्दछौँ।
Sandhurst Nepali Community UK
Together in Compassion, Solidarity & Support



