Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

हार्दिक श्रद्धाञ्जली !

विश्वप्रसिद्ध पर्वतारोही Nims Dai (Nirmal Purja MBE) प्रति Sandhurst Nepali Community UK को भावपूर्ण श्रद्धाञ्जली।

Nims Dai को असामयिक निधनको दुःखद खबरले हामीलाई अत्यन्त मर्माहत बनाएको छ। साहस, समर्पण, नेतृत्व र प्रेरणादायी योगदानका प्रतीक उहाँले विश्व पर्वतारोहण क्षेत्रमा पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहनेछ।

उहाँको अदम्य इच्छाशक्ति, असाधारण उपलब्धि र नेपालीको गौरवलाई विश्वसामु चिनाउने प्रयासले सम्पूर्ण नेपाली समुदायलाई सधैं प्रेरणा दिइरहनेछ। उहाँ केवल एक विश्वप्रसिद्ध पर्वतारोही मात्र होइन, समर्पण, संघर्ष र सफलता का अमर प्रतीक पनि हुनुहुन्थ्यो।

Sandhurst Nepali Community UK को तर्फबाट स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना, सहानुभूति, ऐक्यबद्धता र समर्थन व्यक्त गर्दछौँ।

भावपूर्ण श्रद्धाञ्जली।
Sandhurst Nepali Community UK
कार्यसमिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.