Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

यूकेको वार्षिक श्रमदान कार्यक्रम २०२६ सफलता पूर्वक सम्पन्न ।

स्याण्डहस्ट Sandhurst Town Council द्वारा आयोजित National Great British Spring Clean (NGBSC) अभियान अन्तर्गत स्याण्डहस्ट नेपाली कम्युनिटीको सक्रिय सहभागितामा वार्षिक सरसफाइ (श्रमदान) कार्यक्रम मार्च २०२६ मा सफलतापूर्वक सम्पन्न भएको छ।

स्थापनाकालदेखि नै स्थानीय सरसफाइ तथा वातावरण संरक्षणमा निरन्तर योगदान दिँदै आएको स्याण्डहस्ट नेपाली कम्युनिटीले यस वर्ष पनि उत्साहजनक रूपमा सहभागिता जनाएको थियो। कार्यक्रममा समुदायका विभिन्न तहका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा संरक्षक श्री नरेन्द्र आङदेम्बे, अध्यक्ष श्री जुरेन्द्र खजूम, सचिव श्री विवेक मेचे, महिला संयोजक श्रीमती शारदा राई तथा ज्येष्ठ नागरिक श्री सनमान राईज्यूको नेतृत्वमा व्यापक सहभागिता रहेको थियो।

विशेष रूपमा, ज्येष्ठ नागरिकहरूको सक्रियता कार्यक्रमको आकर्षण बनेको थियो। वृद्ध समूहका नेतृत्वकर्ता श्री सनमान राईज्यू सहित सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा बालबालिकाहरूको योगदानले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको आयोजकहरूले बताएका छन्।

समुदायका अध्यक्ष श्री जुरेन्द्र खजूम लिम्बुले सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै भने, “हाम्रो समुदायले देखाएको एकता र सामाजिक जिम्मेवारीले स्याण्डहस्ट क्षेत्रलाई स्वच्छ र सुन्दर बनाउन ठूलो टेवा पुगेको छ।”

स्याण्डहस्ट नेपाली कम्युनिटीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.