Welcome to our new website! Launched in October 2025 — connecting the Nepali community in Sandhurst and beyond.

स्यान्डहर्स्ट नेपाली कम्युनिटीको वार्षिक साधारण सभा तथा ज्येष्ठ बा–आमाहरूको परम्परागत भेटघाट सम्पन्न।

स्यान्डहर्स्ट नेपाली कम्युनिटीको वार्षिक साधारण सभा तथा ज्येष्ठ बा–आमाहरूको परम्परागत भेटघाट सम्पन्न

स्यान्डहर्स्ट — स्यान्डहर्स्ट नेपाली कम्युनिटीको वार्षिक साधारण सभा तथा ज्येष्ठ (वृद्ध) बा–आमाहरूको परम्परागत वार्षिक भेटघाट (मेसिंग) कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक सुरुवातसँगै स्यान्डहर्स्ट नेपाली कम्युनिटीको ऐतिहासिक वेबसाइट तथा आधिकारिक झण्डाको विधिवत् उद्घाटन गरिएको थियो। उक्त कार्यलाई संस्थाको डिजिटल पहिचान र संगठनात्मक विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

सभामा संस्थाको वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री नवराज राईज्यूद्वारा तथा संगठनात्मक प्रतिवेदन अध्यक्ष श्री जुरेन्द्र खजुम लिम्बुज्यूद्वारा प्रस्तुत गरिएको थियो। प्रतिवेदनमार्फत संस्थाले वर्षभरि सम्पन्न गरेका सामाजिक, सांस्कृतिक, शैक्षिक तथा बहुसांस्कृतिक गतिविधिहरू, स्थानीय काउन्सिलसँगको सहकार्य, सरसफाइ अभियान, च्यारिटी तथा विभिन्न सामुदायिक सेवाका कार्यहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, आगामी कार्ययोजना र प्राथमिकताका विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा ज्येष्ठ बा–आमाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। परम्परागत मेसिंग कार्यक्रममार्फत ज्येष्ठ सदस्यहरूको सम्मान, आपसी भेटघाट तथा आत्मीय संवादले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

खानाको व्यवस्था संस्थाका पब्लिक रिलेसन संयोजक श्रीमती रिता देवी राईज्यू, उपाध्यक्ष श्री सूर्य गुरुङज्यू तथा सदस्य श्री लालबहादुर चेम्जोङज्यूले गर्नुभएको थियो भने पेय पदार्थको व्यवस्थापन कोषाध्यक्ष श्री नवराज राईज्यूले गर्नुभएको थियो। ज्येष्ठ सदस्यहरूको समन्वय श्री ओम थापाज्यूले गर्नुभएको थियो। यस वार्षिक सभामा आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई संस्थाको तर्फबाट हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गरिएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री विवेक मेचेज्यूले गर्नुभएको थियो। स्यान्डहर्स्ट नेपाली कम्युनिटीका अध्यक्ष श्री जुरेन्द्र खजुम लिम्बुज्यू तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने संरक्षक, सल्लाहकार, स्वयंसेवक तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायको एकता, पहिचान तथा सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.